नेप्से १८ अंकले घट्यो, साढे ४ अर्ब ४९ करोडको कारोबार

काठमाडौँ, असोज २४ । साताको कारोबारको पहिलो दिन नेप्से १८ अंकले घटेको छ । आइतबार नेप्से १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा पुगेको हो ।

त्यस्तै आइतबार सेन्सेटिभ सूचक पनि ४.९६ अंकले घटेको छ भने फ्लोट ०.९७ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट १.३६ अंकले घटेको छ ।

आज २२० कम्पनीको केबल ७२ लाख ५१ हजार कित्ता शेयर ४ अर्ब ४९ करोड ८ लाखको खरिद बिक्री भएको छ ।त्यस्तै आज कारोबारमा आएका फाइनान्स, जीवन वीमा र म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचकको शेयर घटेको छ ।

आज उत्पादन क्षेत्रको सबै भन्दा बढी ३.१६ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य उपसूचक एक प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने मैलुंग खोला, जीवन लघुवित्त र महिला लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज शिभम सिमेन्ट, माउन्टेन हाइड्रो र रिडी हाइड्रोको शेयर ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यसैगरी आइतबार महिला लघु वित्तको सबैभन्दा बढी १८ करोड ९३ लाखको शेयर कारोबार भएको छ भने जीवन लघुवित्तको १८ करोड ३८ लाखको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्