दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

काठमाडौं , असोज २६ . नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ ।

निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताएका हुन् । उनले भने, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’ आवश्यकताअनुसार पम्प खुला रहने भएकाले अनावश्यकरूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने उनको भनाइ छ ।

यसैगरी, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा तत्काल निगमलाई सम्पर्क गर्न समेत भनिएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको अभाव लगायतका समस्या देखिए पुस्कर कार्की (९८५११०७६६६) लाई र खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा समस्या देखिएमा राजु श्रेष्ठ (९८५११३८४०६) लाई सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्