मध्य भोटेकोशीको आईपीओमा २३ लाखले दिए आवेदन

काठमाडौं,  असोज २६ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण शेयर (आईपीओ) मा २३ लाख ९३ हजार ४२८ जनाले आवेदन दिएको छन् ।

आईपीओमा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म उक्त आवेदकले आवेदन दिएका हुन् । उक्त आवेदकले कुल ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओ भन्दा ४.१९ गुणाले बढी हो ।

कम्पनीले असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।

बाँकी रहेको बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । जसमा झण्डै साढे ३ करोड कित्ता शेयरमा आवेदन परेको हो । रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्