मुगुमा बस दुर्घटना: २३ जनाको मृत्यु, १८ घाइते

काठमाडौँ, असोज २६ । . मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीका अनुसार घटनास्थलमा उद्धार गर्न प्रहरी टोली पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्