मुगु बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २४ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौँ , असोज २६ । मुगुको भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ

। २३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

‘कुल २४ जनाको ज्यान गएको छ। १८ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत हुँदै सुविधा सम्पन्न अस्पताल लैजानका लागि हेलिकप्टर आएको छ। १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ ।

प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले घटनास्थलमा रहेको उनले जानकारी दिए।‘दुर्घटनास्थल सदरमुकामबाट साढे दुई घण्टाको पैदल दूरीमा रहे पनि मौसमका कारण सञ्चार सम्पर्क हुन सक्ने अवस्था छैन। उद्धार प्रयासमा यसले समस्या भएको छ’, उनले भन ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्