विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

काठमाडौँ, असोज २७ । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम रहेको ठहर गरेको छ ।

शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ ।

समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ ।

 

प्रतिक्रिया दिनुहोस्