बिहेपछि झनै ‘बोल्ड’ आँचल, श्रीमानसँग विदेशमा घुमघाममा ब्यस्त (हेर्नुहोस् तस्बिर)

काठमाडौं,  असोज २८ । बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ ।

आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।

पछिल्लो समय उनले सामाजिक संजालमार्फत सार्वजनिक गर्ने तस्बिरहरुले उनको पहिरनको यथार्थलाई दर्शाउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।

यतिबेला श्रीमान उदीप श्रेष्ठसँग विदेशमा घुमघाम गरिरहेकी आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।

तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् । के यो श्रीमान् उदीप श्रेष्ठको मायाको कमाल हो ?

प्रतिक्रिया दिनुहोस्