१३ तले भवनमा भिषण आगलागी , ४६ जनाको मृत्यु , धेरैजसो वृद्ध र अशक्त

काठमाडौं, असोज २८ । दक्षिणी ताइवानमा एक भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ । काउशुङ्ग सहरमा १३ तले भवनको माथिल्लो तालमा फ्ल्याटमा रहेका मानिसहरू फसेका थिए ।

फायर ब्रिगेड ९दमकल दल० का अनुसार तल्लो तलामा उपयोगमा नआउने सामान थुपारिएको हुँदा उद्धार कार्यमा समस्या आइरहेको थियो । आगो निभाउन चार घण्टाभन्दा धेरै समय लाग्यो ।

७९ जनालाई अस्पताल पुर्‍याइएको दमकल दलले बीबीसीलाई बताएका छन् । त्यस भवनमा एक सय जनाभन्दा धेरै मानिस बस्दै आएकामा धेरैजसो वृद्ध र अशक्त रहेका बताइएको छ ।

आगलागीको कारणबारे अझै थाहा भएको छैन । त्यस भवनमा रहनेहरूले एक विस्फोटको आवाज सुनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्