अफगानिस्तानको कंधारस्थित मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु

काठमाडौं, असोज २९ । अफगानिस्तानको कंधार सहरस्थित एक शिया मस्जिदमा शुक्रबार विस्फोट भएको छ ।

कंधारको शिया मस्जिद इमाम बरदरगाह मस्जिदमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । समाचार अनुसार कम्तिमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । विस्फोटमा परी अन्य ३२ जना घाइते भएका छन् ।

विस्फोट कसले गराएको हो भन्ने विषयमा भने कुनै विवरणहरु प्राप्त भएका छैनन् । बीबीसीका अनुसार यसप्रकारको मस्जिदमा एक हप्ता पहिला पनि विस्फोट भएको थियो । सो विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।

शुक्रबार भएको विस्फोटको जिम्मा पनि इस्लामिक स्टेट खुसरानले लिन सक्ने बीबीसीका अफगान संवाददाताले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्