एमालेको वडा अधिवेशन कार्तिक ६ गते हुदै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं, कातिक १ । नेकपा एमालेले देशभर एकै दिन वडा अधिवेशन गर्ने भएको छ । एमालेले यही कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा अधिवेशन गर्न लागेको हो ।

वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र वडा सद सदस्यहरु चयन हुनेछन् ।

त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन हुने तयारी एमालेले गरेको छ । एमालेले ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन गर्ने भएको छ ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्