शेयर बजारमा फेरि पहिरो, दोहोरो अंकले घट्यो

काठमाडौँ, कातिक १ । दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ ।

सोमबार बजार मापक नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४३ अंकले घटेको छ ।

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँको मात्र भएको छ ।

बैंकहरुले ब्याजदर बढाएपछि शेयर बजारमा त्यसको नकरात्मक असर परेको बुझिएको छ । तरलता अभाव भन्दै बैंकहरुमा ब्याज दर बढाउने होडबाजी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्