तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन्।

केही दिनयताको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई प्रभावितहरूको तत्काल उद्धार गरी राहतको व्यवस्था गर्न निर्देशन दिएका प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्