उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीको मृत्यु

काठमाडौं, कातिक २ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन नेपाली पनि छन्। दुई नेपाली महिला र एक बच्चा रहेको भारतीय सञ्‍चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन्। बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले जानकारी दिएका छन्। उनका अनुसार ५० वर्षीया समुना, ४० वर्षीया सपना र ४ वर्षीया बालिका अबिशा रहेका छन्।

पहिरोमा परी मृत्यु हुने अन्य १४ जना भारतीय नागरिक रहेको जनाइएको छ।

उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्