प्रकृतिले ठगेपछि किसान मारमा , आखिर मर्म कस्ले बुझ्दिने ?

काठमाडौं, कार्तिक २ ।  । केहिदिन देखि प्राकृतिले पनि छल गरिरहेको छ । जसको मार केवल दु;खी किसानले खेप्नु परेको छ । शनिबार रातिदेखि सुदुरपश्चिम लगाएत देशका धेरै स्थानमा वर्षा भैरहेको छ । मौसम पुर्वानुमान साखाकाअनुसार अझै केही दिनसम्म वर्षाको संभावना छ ।

लगातारको वर्षाले अहिले सुदुरका कैलाली ,कंचनपुर ,डोटी र डडेलधुरामा किसानलाई निकै सकस तुल्याएको छ । यता खोला र नदिमा पानीको बहाव ह्वात्तै बढेपछि तटिए छेत्र आसपासका बासिन्दाहरुलाइ सत्रक रहन प्रशासनले आग्रह गरेको छ ।

विश्व कोरोना महामारीले आक्रान्त गरिरहेका बेला फेरि यहाँका नागरिक ,किसानले अर्को समस्या झेल्नु परेको छ । कहिले माहामारी रोग आउँछ , कहिले भारतको आन्द्रा प्रदेश बाट बिनासकारी हावहुरी र वर्षातले सताउछ । आखिर यसको पीरमर्का केवल गरिब दु;खी अनि असाहयले भोग्नुपर्छ । यतिबेला पनि मानो रोपेर मुरी फलाउने समयमा गरिब किसानहरुले भित्र्याउन लागेको धान पानीमा तैरिन पुगेको छ । बेमौसमी वर्षाले देशभरका किसानलाई रुनु न, हास्नुको अबस्थामा पुर्याइदिएको छ । किसानका सपना न निल्नु, न ओकेल्नु बनेका छ्न ।

दशैको मुखमै धान पाकेपछि यसपालि, धान खेतमै किसान उमंग साट्दै थिए । दशैको भन्दा बढी चटारो उनीहरूमा कसरी छिटो धान भित्राउने भन्नेमा थियो । जसको कारण किसानले न त दसैलाइ सु;खले मनाउन पाए न तिहारलाई नै खुसिले स्वागत गर्नसक्ने अबस्थामा छ्न । अलिकति चाडपर्वले ल्याएको खुशी फेरि वर्षाले लुटिदिएको छ । अन्नबाली भित्र्याउने समयमा खेतमै धान तैरीरहेका छन जसरी सुइमिङमा मान्छे तैरेसरी ।

बेमौसमी वर्षाले काटिसकेकाको धान उठाउन नपाउदै कुहिन थालेका छन ,अझै धेरै दिन वर्षा भए खेतमै धान उम्रने छन । आखिर किसानको मर्म कस्ले बुझ्दिने ? यतिबेला केन्द्र सरकार, स्थानीय तहको सरकार ,विपत ब्यबस्थापन समिति सबै निष्क्रिय बनेका छन, मुखदर्सक बनेकाछ्न । गरिब किसान पानी सङ्ग आफ्नु जीवनको प्रबाह नगरी पेट भोको रहने डरले लडिरहेका छन । जब कि प्रकृतिले नै ठगेपछी कस्को के लाग्छ?

 

प्रतिक्रिया दिनुहोस्