सुनको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, कातिक ४ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजोको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा १ हजार २६० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्