‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा

काठमाडौं , कात्तिक ७ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ ।

ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५ं. ५०५ को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ ।

साथै पहिलो वर्षको लागि निशुल्क डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गको सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्