नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौं, ७ कार्तिक । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको पन्ध्रौँ साधारणसभाले नयाँ कार्य समिति चयन गरेका छ । संघको प्रकाश राज शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष चयन भएका शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् । संघको उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका सीईओको मिन बहादुर बोहरा चयन भएका छन् भने नेशनल माइक्रोफाइनान्स सीईओ राम बहादुर यादव पून महासचिवमा दोहोरिएका छन् ।

संस्थाको सचिवमा सबैको लघुवित्तका सीईओ केशव पौडेल र कोषाध्यक्षमा उन्नति सहकार्य लघुिवत्तका सीईओ प्रेम बहादुर पाठक चयन भएका छन् ।

यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा श्रीराम पोखरेल, गंगाधर पाण्डे, प्रविण कुमार लामा, बद्री प्रसाद दुलाल, विनोद आचार्य र बिमला योगी सदस्यमा सर्वसम्मत चयन भएका छन् । संघले नयाँ कार्यसमिति चयन गरेसंगै संस्थाको गतिविधिमा समेत तिब्रता आउँदछ । संघको कार्यसमितिले लघुवित्तको प्रवर्धन तथा कार्यसम्पादनमा समेत प्रभाव पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्