बार सल्लाहकार समितिको सुझाब– प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलनमा जाने

काठमाडौं, कातिक ९ । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले पदबाट अविलम्ब राजीनामा नदिए आन्दोलनको विकल्प नरहेको पनि उनीहरुले बताएका छन्। कार्यसमिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ भन्ने छ,ु बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने ।

यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । प्रधानन्यायाधीश जबराको भूमिकाको विषयमा आधिकारिक निर्णय लिन सल्लाहकार समितिका सदस्यहरूको बैठक बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्