प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्म स्थगित , एमालेको अवरोध कायमै

काठमाडौं, कात्तिक ११ । प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७र७८ पेस गरिएको छ ।

साथै प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ ।

बिरामी भएर स्वास्थ्य लाभ गरे र उपचार गराइरहेका सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेको बैठकमा सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल १३ पटक, कर्मा घले १३ पटक र प्रदीप गिरी पनि १३ पटक बैठकमा अनुपस्थित रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्