विवेकशील साझा फुटनजिक, मिश्र र पाण्डेपक्षले बोलाए अलग-अलग बैठक

काठमाडौँ , कार्तिक ११  । विवेकशील साझा पार्टीमा फेरि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलग-अलग केन्द्रीय समितिको बैठक बोलाएका छन् । अध्यक्ष मिश्र पक्षको बिहीबारको बैठकमा हालै सार्वजनिक गरिएको ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अंगीकार गर्ने निर्णय गरेपछि पार्टी फुटको दिशामा गएको छ । संयोजक पाण्डेले भने शुक्रबार आफू पक्षको केन्द्रीय समिति बैठक बोलाएका छन् ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए । बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकले निकालेको पाठकले जनाए ।

अध्यक्ष मिश्रले आफ्नो पक्षको सबै शक्ति आफूमा केन्द्रित गर्ने, आफ्नो व्यवस्थाविरोधी दस्तावेज पारित गर्ने र संवाद समिति आफूअनुकूल बनाएर पश्चगामी शक्तिहरुसँग तालमेल गर्ने बाटोमा हिँडेको संयोजक पाण्डेले आरोप लगाएका छन् । मिश्रले घात गरेको भन्दै शुक्रबारको बैठकमा मिश्रको व्यवस्थाविरोधी दस्तावेज खारेज गर्ने र मिश्रलाई कारबाही गर्ने एजेन्डासहित बैठक डाकिएको छ । एकता महाधिवेशनअगावै मिश्रले गणतन्त्रमाथि प्रश्न गर्दै संघीयता खारेजी र धार्मिक द्वन्द्व फैलाउने विचार व्यक्त गरेको पनि पाण्डेको आरोप छ ।

पाण्डेसँग वाग्मती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, वाग्मती प्रदेशकी संयोजक रन्जु दर्शना, प्रदेश २ संयोजक अनिमेशकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट, सांसद विराजभक्त श्रेष्ठ, सचिवालय सदस्य पुकार बमलगायत महत्त्वपूर्ण नेताहरुको साथ छ ।

रविन्द्र मिश्रको दस्ताबेज पारित, पाण्डेको कार्यकारी अधिकार खोसियो

विवेकशील साझा पार्टीले संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारेको दस्ताबेजलाई पारित गरेको छ ।

आज (बिहीबार) बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई बहुमतले पारित गरेको हो । बैठकमा केन्द्रीय समितिका १२४ सदस्यमध्ये ९१ सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट दस्ताबेज अनुमोदन भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

अध्यक्ष रवीन्द्र मिश्रले अहिलेको राज्य संरचनालाई परिवर्तन गर्ने भन्दै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ सार्वजनिक गरेका थिए । अब पार्टीले उनकै सिद्धान्तलाई अङ्गीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विधान पनि संशोधन गरेको छ ।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताए । बैठकमा संयोजक मिलन पाण्डे समूहको उपस्थिति थिएन । अध्यक्षले विचार परिवर्तन गरेको भन्दै पाण्डेको समूह अध्यक्षसँग असन्तुष्ट भने अन्य दलमा प्रवेशको तयारीमा रहेको चर्चा छ ।

प्रेस विज्ञप्ति: विवेकशील साझा केन्द्रीय समितिको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्ताबेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश (https://rabindramishra.com/6062/)” लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई-तिहाइ भन्दा बढी मतले पारित गरेको छ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।

त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: ११ कार्तिक, २०७८

प्रतिक्रिया दिनुहोस्