खुलेको ३ दिनमै लाइसेन्सको आवेदन फेरि बन्द भयो , कारण यस्तो रहेछ

काठमाडौँ , कातिक ११ । सवारीसाधनको लाइसेन्सका लागि अनलाइन आवेदन खुलेको ३ दिनपछि फेरि बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको जनाउँदै लाइसेन्स आवेदन बन्द गरेको हो ।‘अत्याधिक चाप पर्दा सर्भरमा समस्या आएएको बताएको छ । केही बेरपछि यो समस्या समाधान हुने प्राविधिकहरुले जानकारी दिएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए ।

विभागले यसबारे वेबसाइटमा समेत सूचना राखेको छ । वेबसाइटमा राखिएको सूचनामा प्रणालीमा प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन लिने कार्य बन्द गरिएको जनाइएको छ । लाइसेन्स आवेदनका लागि करिब ९ लाखले फारम भर्ने प्रयास गरेको भुसालले बताए ।

कोरोना महामारीका कारण वैशाखदेखि बन्द भएको सवारीसाधन लाइसेन्सको आवेदन गत सोमबार साँझबाट खुलाइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्