थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौ‌, कातिक ११ । नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको पीसीआर परीक्षणमा ५२७ र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६६४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्