काबुलमा दुई शक्तिशाली विस्फोट, १५ जनाको मृत्यु, ३४ जना घाइते

काठमाडौं, कातिक १६ । अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ ।

दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबानसम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा परेर अहिलेसम्म ३४ जना घाइते भइसकेका छन् ।

प्रत्यक्षदर्शीले त्यहाँ गोलीको आवाज पनि सुनेको बताएका थिए । अस्पतालका कर्मचारीले अस्पतालभित्र विस्फोटको ठूलो आवाज सुनेका थिए ।

पछिल्लो समय यहाँ यस्ता घटना बढ्दै जना थालेका छन् । दिनानुदिन काबुलमा आतंक फैलीदै जान थालेको छ । यसले जनताहरुमा त्रास पनि उत्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्