सल्यानमा बसको छतबाट खसेर एकको मृत्यु

 

काठमाडौं, कातिक १९ । सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १ श्रीनगरबाट सिद्धकुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसबाट खसेर सिद्धकुमाख गाउँपालिका ३ फलाटेका वर्ष ३० का रवीन्द्र बोहराको मृत्यु भएको हो । प्रहरीका अनुसार सामान निकाल्ने क्रममा बोहरा बसको छतबाट बिहीबार बेलुकी खसेका थिए ।

बसबाट खसेर गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगरमा सामान्य उपचारपछि नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । प्रहरीले बस र चालक शारदा नगरपालिका ६ बरलाका शशीराम बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्