विश्वभर ४ लाख ९३ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?

काठमाडौँ , कातिक २७ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ९३ हजार ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ८१ हजार ५ सय ७४, बेलायतमा ४० हजार ३७५, रूसमा ४० हजार १२३, टर्किमा २३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ८४ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् । अमेरकामा ७१ हजार ७९९, रुसमा ३३ हजार ६४५, बेलायतमा २९ हजार ३१३, टर्कीमा २५ हजार १६४ निको भएका हुन् ।

यसैगरी थप ६ हजार ९९५ जना संक्रमितको मृत्यु भएको छ । रुसमा एक हजार २३५, अमेरिकामा ८७०, ब्राजिलमा ६१२, टर्कीमा २१७ र बेलायतमा ६१२ जनाको कोरोनाकै कारण मृत्यु भएको जनाइएको छ ।

यससँगै विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ३१ लाख ७३ हजार ७११ पुगेको छ। तीमध्य २२ करोड ८९ लाख ६१ हजार १६९ जना संक्रमणमुक्त भइसकेका छन् भने ५१ लाख ३ हजार २३५ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्