नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

काठमाडौं , कातिक ३० । युवा उद्यमशिलता र स्वरोजगार प्रबर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउन राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ ।

यस समझदारीले कर्णाली प्रदेश, जुम्लाको तिला गाउँपालिकामा स्थानीय युवाहरूलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरिनेछ । यसले उनीहरूलाई उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याउन सहयोग गर्ने जनाइएको छ ।

राष्ट्रिय युवा परिषद्को तर्फबाट प्रशासकीय प्रमख डा। बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाकातर्फबाट अध्यक्ष रतननाथ योगी र नबिल बैंकको तर्फबाट दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्