आज पनि नेप्सेमा हरियाली: ६९ अंकले बढ्यो, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ , कातिक ३० । साताको कारोबारको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा हरियाली आएको छ । मंगलबार नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा पुगेको हो ।

त्यस्तै मंगलबार सेन्सेटिभ सूचक १४।९२ अंकले बढेको छ भने फ्लोट सूचक ४.५९ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ४.१८ अंकले बढेको छ । त्यस्तै मंगलबार २२७ कम्पनिका एक करोड ९३ हजार कित्ता शेयर कारोबार भएको छ । त्यस्तै आज ५ अर्ब ५२ करोडको कारोबार भएको छ ।त्यस्तै मंगलबार सबै उपसूचकको शेयर मुल्य बढेको छ ।

जसमा मंगलबार सबैभन्दा बढी शेयर मुल्य अन्य उपसूचकको ५.९१ र हाइड्रोपावरको ५.३९ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स उपसूचकको शेयर मुल्य ३.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै मंगलबार नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, अपर तामाकोशी, पन्चकन्या माई हाइड्रोपावर र मैलुंग खोला जल विद्युतको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मानुषी लघु वित्त र तेर्हथुम पावरको शेयर मुल्य ९.९९ प्रतिशतले शेयर बढेको छ ।

त्यस्तै मंगलबार विजय लघुवित्तको श्येर सबैभन्दा बढी २.३७ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको ३७ करोडको कारोबार भएको छ भने नेपाल हाइड्रोको ३० करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्