निफ्राले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं, मंसिर १ ।  नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले शेयरधनीलाई बोनस शेयर दिने भएको छ । निफ्राले सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र ०.५० प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । उक्त सभाको लागि मंसिर ९ गतेको लागि एक दिन बुक क्लोज गर्ने भएको छ ।

मंसिर ८ गतेसम्म कायम रहेको सेयरधनीहरुले निफ्राले तोकेको लाभांश पाउने छन् । निफ्राको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वटमा गर्ने भएको छ । ।

प्रतिक्रिया दिनुहोस्