मन्दाकिनी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौं , मंसिर १ । नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते नेपाल धितोपत्र बोर्ड ९सेबोन० आवेदन दिएको हो। कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

सेबोनबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
मन्दाकिनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्