भोलिदेखि १८ औं हस्तकला व्यापार मेला, महासंघले आज गर्यो बाजागाजासहित प्रचारप्रसार

काठमाडौं, मंसिर २ । नेपाल हस्तकला महासंघको मंसिर ३ देखि ५ गतेसम्म हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगीता समुउद्घाटनको पुर्वसन्ध्यामा बाजागाजासहित प्रचारप्रसार गरिएको छ ।

आज बिहीबार काठमाडौंको हनुमानढोका देखि नक्साल , चावहिल हुँदै बौद्धजोरपाटी सम्म बाजागाजासहित प्रचारप्रसार गरिएको हो । मेला अवलोकनका लागि विभिन्न सर्वसाधारणलाई प्रचारप्रसारका निम्ति बाजागाजासहितको र्याली आयोजना गरिएको प्रचारप्रसार संयोजक विक्रम सिंह मर्जनले बताए ।

विगतका वर्षहरुमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष भने काठमाडौं हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिएको छ ।

मेला उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए।

मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगितका संयोजक राजमान वज्राचार्यले बताए।

त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघरसंस्थाको पनि सहयोग रहेको छ।

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र बिदेशी हस्तकला आयातकर्ताबीचमा व्यवसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्तारउपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तरराष्ट्रियस्तरको ब्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रबाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा विक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ।

कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजारलाई पुनःचलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्