नबिल बैंकको ‘नबिल प्रिमियम रेमिट्यान्स बचत खाता’ सुरु

काठमाडौं, मंसिर २ ।   नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई मध्येनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स बचत खाता’ सञ्चालन ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिने बैंकले जनाएको छ ।ग्राहकहरूले उक्त खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् ।

यस खातामा बैंकले व्यक्तिगत बचत निक्षेपहरूको प्रकाशित ब्याजदरमध्येको उच्च ब्याजदर प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्