राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली

काठमाडौं २ मंसिर । राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली हुने भएको छ । संघका उपाध्यक्ष रमेश दुलालका अनुसार राष्ट्रिय संगीतकर्मी संघ नेपालका सम्पुर्ण बिधाका कलाकारहरू अट्ने छाता संगठन एवं साझा संस्थाको पाँचौं अधिवेशन हुन लागेको हो ।

उपाध्यक्ष दुलालले शुक्रबार र शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सम्पुर्ण संगीतप्रेमी महानुभावहरूलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन समारोह भोली बिहान ११ बजेबाट भृकुटीमण्डपमा हुने र बन्द सत्र प्रज्ञा भवन कमलादीमा सुरु भई मंसिर ४ गतेसम्म चल्ने उपाध्यक्ष दुलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्