थप २९६ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

काठमाडौ‌, मंसिर ३ । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७७७ जनाको पीसीआर परीक्षणमा २७१ र १ हजार १९५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३६९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्