एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छ : अध्यक्ष ओली

काठमाडौं, मंसिर ४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन्।

काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन्।

“हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ। आफैँ जित्छ”, उनले भने। अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई देख्न नसक्नेहरुले फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने दाबी गरे। “ सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उनले भने, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ। अरु दल कांग्रेसको औंला नसमातेर हिँड्न सक्दैनन्।”

सो अवसरमा अध्यक्ष ओलीले नेपाल संवतको क्यालेण्डरसमेत सार्वजनिक गरे। कार्यक्रममा काठमाडौँ महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पु¥याइरहेको दाबी गरे। रासस

प्रतिक्रिया दिनुहोस्