भोलि सम्मका लागि एमाले स्थायी समिति बैठक स्थगित

काठमाडौँ, ६ मंसिर । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित भएको छ ।

यसअघि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ’, तामाङको भनाइ छ । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्