वाणिज्य बैंकहरुको कर्जा बढ्दा निक्षेप थप खुम्चियो

काठमाडौं , मंसिर ७ । पछिल्ला दिन वाणिज्य बैंकहरुकोे कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको कात्तिक मसान्तदेखि मंसिर ३ गते सम्मको तथ्यांकअनुसार कर्जा र निक्षेपमा असन्तुलन बढेका हो ।

वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ । गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

यस अवधिमा कुल निक्षेप भने ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्ममा घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्