३२ अंकले घट्यो नेप्से

काठमाडौँ , मंसिर ७ ।  साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा पुगेको हो ।

त्यस्तै मंगलबार सेन्सेटिभ सूचक ३.९८ अंकले घटेको छ भने फ्लोट सूचक २.५२ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने २.१ अंकले घटेको छ ।

त्यस्तै मंगलबार २२७ कम्पनिका ७४ लाख ४८ जार कित्ता शेयर कारोबार भएको छ । त्यस्तै आज ४ अर्ब १६ करोडको कारोबार भएको छ ।त्यस्तै मंगलबार अन्यबाहेक सबै उपसूचकको शेयर मुल्य घटेको छ ।

जसमा आज फाइनान्सको सबैभन्दा बढी २.७ र हाइड्रो उपसूचकको २.३४ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको २.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै मंगलबार मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आइसिएफसीआइ फाइनान्सको सबैभन्दा बढी ५.८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको ४१ करोडको कारोबार भएको छ भने नेशनल हाइड्रोको १२ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्