वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग , दैनिक १७ सयभन्दा बढी विदेशिँदै

काठमाडौं, मंसिर ७ ।  वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । गत जेठयता लगातार उकालो लागिरहेको  वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै रहेको छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु धमाधम गइरहेका छन् ।

कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि पछिल्लो केही महिनायता वैदेशिक रोजगारी फेरि पुरानै लयतर्फ उन्मुख भएको छ ।

यता महामारीका कारण आउन छाडेको श्रमिकको माग एक्कासी आउँदा वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग आएको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङ बताउँछन् । विदेशमा खोप अभियानपछि व्यवसायिक तथा औद्योगिक क्षेत्र चलायमान भएकाले श्रमिकको माग बढेको उनको भनाइ छ ।

कोरोना हामारीका कारण डर त्रासले धेरै श्रमिकहरु स्वदेश फर्किएका थिए, । कोरोनाले उद्योग व्यवसाय बन्द हुँदा उनीहरु घर फर्कन बाध्य भभएका थिए तर ती सबै क्षेत्र अहिले सञ्चालनमा आएका छन् ।यस कारण पनि  श्रमिकको अभाव भएको हुँदा माग बढेको हो । अबको केही महिना श्रमिकको माग बढ्दै जाने अनुमान गरिएको छ ।  यसले नेपालका बेरोजगार युवा र महामारीले ठप्प रहेको वैदेशिक रोजगार व्यवसायलाई लाभ मिल्ने  अपेक्षा लीएको छ । ।

वैदेशिक रोजार विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिएकाहरु थिए ।तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए ।

असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए ।गत साउनयता हरेक महिना सरदर एक हजार जना विदेश जाने गरेको सरकारी तथ्यांक छ । गत साउनदेखि कात्तिकसम्म १ लाख ५६ हजार ५७ जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् ।

साउनदेखि कात्तिक महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९६ हजार ३३४ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ७२३ पुगेको छ ।विभागका अनुसार साउनमा २५ हजार ४२८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये म्यानपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो ।

भदौमा २४ हजार ६९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेशिएको विभागको तथ्यांकमा देखिन्छ ।असोजमा ३९ हजार ६७१ जना नेपाली विदेश उड्दा २७ हजार ८२४ जना नयाँ श्रम स्वीकृति लिनेहरु छन् ।

कात्तिक महिनामा विदेशिने नेपालीको संख्या दैनिक १५ सय भन्दामाथि पुगेको छ । कात्तिक महिनामा ५४ हजार ९१८ जाने विदेश जान श्रम स्वीकृति पाएका छन् । त्यसमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका हुन् भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएका छन् । कात्तिकमा मात्रै दैनिक औसत १ हजार ८३० जना श्रमिक विदेशिएको देखिन्छ ।

पछिल्ला दिनमा श्रम स्वीकति नवीकरण गर्ने भन्दा नयाँ अवसर पाएर विदेशिनेको संख्या बढी देखिन थालेको छ । अझै मलेसियामा पनि रोजगारीको ढोका खुले यो संख्या छोटो सयममै दोब्बर हुने वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् ।

विभागका निर्देशक कमल ज्ञवाली दैनिक १७ सय जनासम्म विदेश उडिरहेको बताउँछन् । अब श्रम गन्तब्य मुलुकहरुमा महामारीका कारण बन्द रहेका उद्योग, कलकारखाना र परियोजनाहरु फेरि सञ्चालन हुन थालेका छन् ।

त्यसैकारण विदेशबाट श्रमिकको माग बढ्दै गएको हो यता विदेशिने नेपालीको संख्या बढेपछि सरकारलाई भने श्रम स्वीकृति लगायतका सेवा प्रवाहमा कठिनाइ परेको छ । श्रम स्वीकृति दिने ताहचलस्थित वैदेशिक रोजगकार कार्यालयमा भीड बढेपनि सेवा प्रवाहमा कोटा प्रणाली कायम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्