तीनवटा प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर ८ । देशका केही स्थानमा आज पनि वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

विभागका अनुसार आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्