टी–२० विश्वकप : भुटानमाथि नेपालको सहज जित

काठमाडौँ , ८ मंसिर । युएईमा भइरहेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । मंगलबारै घरेलु टोली युएईले हङकङलाई पराजित गरेको छ । यो नतिजापछि नेपाल समूह विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै छ ।

लगातार दुई खेल जितेको युएई ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र हङकङले एक हार र एक जितपछि समान २ अंक जोडेका छन् । नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो ।

६ राष्ट्र सहभागी छनोटमा नेपालले अब कुवेत, मलेसिया र युएईसँग खेल्न बाँकी छ । नेपालले बिहीबार कुवेतसंग तेस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्