रामचन्द्र पौडेलकी छोरीले जितिन् महाधिवेशन प्रतिनिधि

काठमाडौं, मंसिर ८ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

उनी खुला महिला उम्मेदवारमा लडेकी हुन् ।संज्ञाले दोस्रो लोकप्रीया मतका साथ महाधिवेशन प्रतिनिधि जितेकी हुन् ।

उनले ३९५ मत ल्याएकी हुन् । चार जना खुला महिलाका लागि ११ जना उम्मेदवार थिए ।

सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी उनी नेता पौडेलकी माइली छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्