उच्च वायु प्रदूषणको सूचीमा काठमाडौं सातौं स्थानमा

काठमाडौं , मंसिर ८ ।  काठमाडौं, उच्च वायु प्रदूषणको सातौं स्थानमा आइपुगेको छ । पछिल्लो दुई दिनदेखि बढिरहेको वायु प्रदूषणले काठमाडौंको हावा अस्वस्थकर बनेको छ ।

काठमाडौंको बुधबार दिउँसोको हावाको गुणस्तर (एक्यूआई) १ सय ५६ रहेको छ । समान्यतया ० देखि ५० सम्म एक्यूआईलाई स्वस्थकर मानिन्छ भने ५१ देखि १ सय सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वथ मानिन्छ ।

बुधबार दिउँसो २ बजे पाकिस्तानको लाहोर सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा पहिलो स्थानमा छ । जहाँको एक्यूआई १ सय ९० छ । भारतको दिल्लीमा १ सय ८३, कोलकत्तामा १ सय ६४, सर्बियाको बेलग्रेडमा १ सय ६४ र बंगलादेशबको ढाकामा १६१ एक्यूआई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छ ।

त्यसैगरी पाकिस्तानको कराँची शहर १ सय ५६ एक्यूआईसहित छैटौं स्थानमा छ । पर्याप्त मात्रामा हावा नचल्दा धुलोका कणहरु वायुमण्डलमै रहँदा वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्