देशभरका उच्च अदालतमा वकिलहरूको धर्ना, भोलि सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं,  मंसिर  ८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना दिएका छन् ।

उनीहरुले बुधबार बिहान कार्यालय समयमा धर्ना दिएका हुन् । बार विगत एक महिनादेखि प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै आन्दोलनमा छ ।

यसअघि बारले राजनीतिक दलका नेताहरुलाई प्रधानन्यायाधीशमाथि १७ बुँदे आरोपत्र लगाउँदै ज्ञापनपत्र बुझाइसकेको छ ।

बारसहित विभिन्न पेशागत संगठनहरुले भोलि (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्