थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं , मंसिर ८ । नेपालमम पछिल्लो २४ घण्टामा देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ९२० वटा नमुनाको परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

त्यस्तै आज २३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८१ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६९४ पुगेको छ ।आज देशभर ६ हजार ९८१ जना होम आइसोलेसनमा, ३८८ जना संस्थागत आइसोलेसनमा, २०६ जना आईसीयू तथा ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्