भोलि फुलकोर्ट बैठक बोलाउने न्यायाधीशहरुको निर्णय, १५ मंसिरदेखि गोलाप्रथा लागू गरिने

काठमाडौं, मंसिर ८ । सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बुधबार भएको छलफल भएको छ। छलफलले भोली दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेको छ।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो ।

बिहीबारको फुलकोर्ट बैठकले आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय गर्न लागिएको एक न्यायाधीशले बताए। सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु हुन सकेको थिएन । यता बारले गोलाप्रथा न्यायालय सुधारका लागि महत्त्वपूर्ण मागका रूपमा उठाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्