राजेन्द्र लिङ्देनद्वारा पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं, ९ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा नेता लिङ्देनले अध्यक्षतमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले कमल थापा, पशुपति शम्सेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताए । उनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताउँदै पार्टीको संगठन विस्ता गर्ने बताए उने आफु नेतृत्वमा आए हरुवा पार्टी नभई जितुवा पार्टी बनाई शक्तिशाली पार्टी स्थापना गर्ने बताए । नयाँ नेतृत्व आउँदा पार्टी चलाउन समस्या पार्ला वा आर्थीक संकट पर्लाकी भनी चिन्ता नगर्न नेता तथा कर्याकर्ताहरुलाई आग्रह गरे । नेता लिङ्देनले पार्टी छाडेर जान्छ की भन्ने आशंका नगर्न पनि समेत आग्रह गरे । पार्टीलाई संगठित र सशक्त, बनाउनु आजको चुनौती छ । उनले भने, “हिन्दु राष्ट्र सहितको राजसंस्था स्थापनामा गर्न पार्टी पहिलो आवश्यकता हो त्यो नेपाली नताको आवश्यकता पार्टीले स्थापति गरेर छाड्छ।”त्यसको लागि वृहत राजनीतिक शक्ति बनाउन आवश्यक रहेको उनले बताए । उनले आफ्नो उम्मेद्वारी त्रेय नेता विरुद्ध भनाई पार्टीलाई सुदृढीको लागी भएको उनको दावी छ ।

नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लिङ्देनले नेतृत्वमा राणा महासचिवको उम्मेद्वार घोषणा गरेको छन् । कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताए । आफूहरूले पार्टीमा नयाँ सुरुवात गर्न लागेको राणाले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्