प्रधानन्यायाधीशको राजीनामा माग्दै माइतीघरदेखि बालुवाटारसम्म ‘मार्च पास’

काठमाडौँ, मंसिर ९ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै माइती घर माइतीघरदेखि बालुवाटारसम्म मार्च पास गरिएको छ ।

पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाले राजीनामा दिन पर्ने मागसहित मार्चपास गरेको हो । राणाले राजीनामा दिन अटेरी गरेकाले उनलाई महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग पनि मार्चपासमा माग गरिएको छ ।

‘न्याय मार्च’मा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलन सहभागि छन् ।

राणाको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ देखि उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् भने १५ मंसिरदेखि गोलाप्रथा लगाउने निर्णय गर्न फूलकोर्ट बैठकमा छन् ।

प्रतिक्रिया दिनुहोस्