ज्योति विकास बैंकले १५.५ प्रतिशत लाभांश दिने

काठमाडौं ,  मंसिर ९- ज्योति विकास बैंकले सेयर धनीहरुलाई अधिकतम १५.५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्