दरबारमार्गबाट तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं, मंसिर १२ । काठमाडौंको दरबारमार्गबाट तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति १ बजे दरबारमार्गमा होहल्ला गरिरहेपछि पुगेको प्रहरीसँग लफडा गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको दरबारमार्ग बृत्तका डीएसपी विश्व खड्काले बताए ।

पक्राउ पर्नेमा च्याङ स्याङ, खाली र निशा रहेका छन् । उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहारमा म्याद थपको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्