सबै अट्ने खालको मध्यमार्गी बाटोमा जाऔं: अध्यक्ष थापा

काठमाडौं, १५ मंसिर,। राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष तथा अध्यक्षका उम्मेदवार कमल थापाले राजा र जनता सबै अट्ने खालको मध्यमार्गी बाटोमा जानु पर्ने बताएका छन् ।

बुधबार पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अग्रगामी कदमलाई आत्मसाथ गर्दै परिवर्तन आजको आवश्यकता भएको बताए । संविधानको मुल्य र मान्यतालाई अगाल्दै सबै अठ्ने खालको मधयमार्गी बाटो खोज्नु आजको अवश्यकता भएको औल्याए । ससंसदीय शक्ति सडक शक्ति दुवैलाई समातेर राजसंस्था स्थापना गर्नु भएकाृे बताए । हिन्दु राष्ट्र स्थापना पनि पार्टी एउटै विचार बोकेका पार्टी एक हुन आवश्यक बतानए । राप्रपा कमजोर भएको थापाले स्वीकार गरे । राप्रपालाइृ प्रजातन्त्रको पहेदार बनाउन आग्रह गरे । अहिलेको पार्टीका्े आवश्यकताको पक्षमा यो महाधिवेशनको परिणाम आउने आफु ढुक्क भएका बताए ।

थापाले भने, ‘केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्छ । सहमति हुन सकेन भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्छ । हामीले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्नु हुन्न । पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरु सबै जिवित हुनुहुन्छ । उहाँहरुको उच्च कदर गर्नु पर्ने बताए ।

उनले यो एकताको अन्तिम महाधिवेशन हुने भन्दै एकता महाधिवेशनबाट पार्टी आफूहरुले कहिल्यै पार्टी नफुटाउने भनेर संकल्प गरेको त्यो सन्देश देशभरका कार्यकर्तामा पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्